चितवन : माग धान्दै रक्तसञ्चार केन्द्र

चितवन, १० भदौ । मध्य नेपालका १० जिल्लामा रगत सङ्कलन गरेर क्षेत्रीय रक्तसञ्चार केन्द्रले माग धान्दै आएको छ ।

जिल्लामा वार्षिक ३५ हजार युनिटभन्दा बढी रगतको माग रहेको छ । रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार तीन सयभन्दा बढी सङ्घ संस्थासँग सहकार्य गरेर रगत सङ्कलन गरिँदै आएको छ । केन्द्रले मकवानपुर, रौतहट, सर्लाही, धादिङ, गोर्खा, तनहुँ, लमजुङ्, नवलपरासीको दाउन्ने पूर्व तथा पश्चिम पुगेर रगत सङ्कलन गर्दै आएको छ ।

“जिल्लाका रेडक्रस र अन्य सङ्घ संस्थासँग सहकार्य गरेर प्राविधिक सहितको रक्त सङ्कलन भ्यान पठाएर रगत ल्याउने गरेका छौँ,” उनले भने । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने सबैको सहयोगले केन्द्र सञ्चालन गर्न सकिएको बताउछन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा युनिट राखेर सेवा दिइँदै आएको छ ।

“वर्षभरी रगत पु¥याउन कठिन हुने गरेको छ,” उनले भने । बीस प्रतिशत बिरामीका आफन्त तथा स्वयंमसेवी रक्तदाताले केन्द्रमा पुगेर रक्तदान गर्ने गरेका छन् । जिल्लामा रगतको माग अत्यधिक हुने गरेको छ । हरेक वर्ष वैशाखदेखि साउनसम्म रगतको अभाव हुन्छ । सो समयमा केन्द्रले बाह्य जिल्लाबाट रगत ल्याउने ग रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री हरि पौडेलले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *