केडीसी हस्पिटलमा नि:शुल्क स्वास्थ्य शिविर, १७७ जनाको स्वास्थ्य परीक्षण

काठमाडौँ, ९ भदौ । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् जिल्ला समिति काठमाडौँको आयोजना र कान्तिपुर डेन्टल एण्ड जनरल हस्पिटलको प्राविधिक सहयोगमा बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

बसुन्धरास्थित कान्तिपुर डेण्टल एण्ड हस्पिटल परिसरमा आज सम्पन्न उक्त शिविरमा १७७ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । परीक्षण गराउनेमा ७२ जना पुरुष र १०५ जना महिला थिए ।

शिविरमा विशेषज्ञ चिकित्सकद्धारा सामान्य चिकित्सा, सल्य चिकित्सा, हाडजोर्नी तथा नशा, मुत्ररोग, प्रसूति तथा स्त्री रोग सेवा, मुख तथा दन्त स्वास्थ्य सेवा उपलव्ध गराइएको थियो ।

हस्पिटलका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार शिविरमा आउनेमध्ये ७० जनाको इसिजि, १३ जनाको एक्सरे, १४० जनाको युरिन रुटीन चेक, व्लड सुगर चेक गरिएको थियो । त्यस्तै ७० जनाले मुख तथा दन्त सेवा लिएका थिए भने १० जनाको युएसजी गरिएको थियो ।

शिविरमा विशेषज्ञ चिकित्सकहरु डा खेमराज भुसाल, डा सचिन खड्का, डा अर्जुन डुम्रे, डा विपिन श्रेष्ठ, डा सुजित पौडेल, डा रुपा झा, डा विष्णु भट्टराई तथा डा विजयराम श्रेष्ठ खटिएका थिए ।

यस्तै डा प्रकाशमणी दाहाल, डा सुधा सिंह, डा गरिमा श्रेष्ठ, डा अन्जु खापुङ लगायतका मेडिकल अफिसर समेत परिचालित थिए । शिविरमा हस्पिटलका नर्स तथा प्यारामेडिक्स समेत डा श्रेष्ठले बताए ।

कान्तिपुरले आफ्नै एकल प्रयास तथा विभिन्न संस्थाहरुको सहकार्यमा विभिन्न स्थानमा निशुल्क शिविरको आयोजना गर्दै आइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *