इनरुवा : एम्बुलेन्स सेवा सञ्चालन

इनरुवा, ९ भदौ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ ।

गाउँपालिकाको पहलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको एम्बुलेन्सले सेवा प्रारम्भ गरेको हो । औपचारिक कार्यक्रमका बीच शुक्रबार गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले देवानगञ्ज स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरे । सुनसरीको पिछडिएको गाउँपालिका मध्य पर्ने देवानगञ्ज गाउँपालिकामा एम्बुलेन्स नहुँदा सर्वसाधारणलाई उपचारका लागि समस्या हुँदै आएको थियो ।

एम्बुलेन्सको अभावमा कतिपय बिरामीको अकालमा समेत मृत्यु हुने गरेको स्थानीयको भनाइ छ । गाउँमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *