एचआइभी संक्रमितलाई उपचार खर्च दिने मिक्लाजुङ गाउँपालिकाको निर्णय


मोरङ, ५ भदौ । मिक्लाजुङ गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिश गरी एआरटी औषधि खाँदै गरेका संक्रमितलाई वार्षिक रु १० हजार उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ । सोमबर बसेको गाउँपालिकाको २८औँ कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष नगेन्द्र कार्कीले जानकारी दिए ।

गाउँपालिकाको स्वास्थ्य शाखामा हाल १२ एचआइभी संक्रमित सम्पर्कमा आएका छन् । संक्रमितलाई उपचार खर्च उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेलले बताए । गाउँपालिकाले गरेको कामबारे प्रत्येक वडामा सार्वजनिक सुनवाइ कार्यक्रम गर्ने तथा बाढीपहिरोको जोखिम भएको ठाउँमा तटबन्ध निर्माण गर्न रु २० लाखको तारजाली उपलब्ध गराउने निर्णय गरेको छ । विकास निर्माणका काममा र आपतकालीन अवस्थामा प्रयोग गर्न एक थान जेसिबीसमेत खरिद गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *