यस्तो बन्यो विश्वविद्यालय र प्रतिष्ठानको पदाधिकारी नियुक्ति गर्ने मापदण्ड सम्वन्धी कार्यदल

काठमाडौँ, ३ भदौ । सरकारले विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्ने मापदण्ड निर्धारण सम्वन्धी सिफारिस गर्ने कार्यदल गठन गरेको छ । डा. गोविन्द केसीसंगको सम्झौँता अनुसार कार्यदल गठन गरिएको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आज गठन गरेको उक्त कार्यदलको संयोजकमा सोही मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्साल रहेका छन् । सदस्यहरुमा इन्द्र अर्याल कानुनविद, सहप्राडा मधुर बस्नेत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव र शिक्षा मन्त्रालयको कानून तथा फैसला कार्यान्वन शाखाका प्रमुख सदस्य रहने गरी कार्यदल गठन गरिएको हो ।

डा केसीसंग गत १० साउनमा भएको सम्झौँताको ५ नम्बर बुँदामा विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति गर्ने मापदण्ड निर्धारणका लागि आवश्यक ऐन, नियम र नीति समेतलाई सामायोजन एवं संशोधन लगायतको कार्य अध्ययन गरी सिफारिस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजकत्वमा सम्वन्धित विषयविज्ञ र कानुनबेत्ता समेत रहने गरी १५ दिन भित्र कार्यदल गठन गर्ने र उक्त कार्यदलको कार्यावधि एक महिनाको हुने उल्लेख थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *