‘बिरामीमाथि खेलबाड गर्ने चिकित्सक कानूनको भागीदार’
काठमाडौँ, ३ भदौ । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले इजाजत प्राप्त चिकित्सकले बिरामीमाथि खेलबाड गरेको प्रमाणित भए कानूनको भागीदार हुनुपर्ने बताएका छन् ।
शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री ढकालले बिरामीको उपचार गर्दा असल मनसाय नराख्ने, अनावश्यक दुःख दिने र लोभलालचमा फसेर बिमारीलाई पटकपटक झमेलामा पार्ने चिकित्सकमात्र कानूनको कठघरमा पुग्ने बताए ।
मन्त्री ढकालले चिकित्सकलाई आश्वस्त पार्दै भने, “असल नियत राखेर उपचार गर्दागर्दै बिरामीको मृत्यु भए चिकित्सकले कानूनी झमेला व्यहोर्नु पर्दैन ।”
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



