सप्तरीमा सर्पदंशका बिरामी बढ्दै

104
Shares

राजविराज, २ भदौ । सप्तरीमा गर्मीसँगै परेको वर्षाका कारण जिल्लाको विभिन्न खोला र नदीमा पानी पसेपछि अहिले सर्पदंशका बिरामी बढ्दै गएका छन् ।

पछिल्लोपटक सर्पको डसाइबाट सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा सय जनाभन्दा बढी प्रभावित भएको छ । वर्षासँगै खोलानाला र नदीमा पानी पसेपछि सर्प बस्ने ठाउँ नभएको तथा बाढी पहिरोसँगै पहाडी जिल्लाबाट भागेर आएका सर्पका कारण पनि जिल्लामा अहिले सर्पको बिगबिगी बढेको जिल्लावासीको भनाइ छ ।

वर्षापछि जिल्लाको शहरी तथा ग्रामीण क्षेत्रमा बसोवास गर्ने स्थानीयवासी सर्पको डसाइबाट प्रभावित बनेका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने क्रम बढेको अस्पतालले जनाएको छ ।

जिल्लाको एक मात्र सरकारी अस्पतालको रुपमा रहेको अञ्चल अस्पतालमा अहिले दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी उपचारको लागि आउने गरेको अस्पतालका प्रमख चुमनलाल दासले बताए ।

“सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि भएपछि अस्पतालमा उपचारको लागि आउने बिरामी थपेकाले अहिले श्ययाको अभाव भएको छ” उनले भने । अस्पतालको सघन उपचार कक्षमा २५ श्यया रहेकाले दैनिक बिरामीको सङ्ख्या बढेपछि यहाँ राख्ने ठाउँको अभाव भएको प्रमुख दासले बताए ।

खासगरी अहिले जिल्लाको विभिन्न ठाउँमा गर्मी बढेपछि तराई–मधेसमा देखिने गोमन, हरहारा, ढोरियालगायत बिषालु सर्प जताततै देखा पर्न थालेको राजविराज–३ का उमेश यादवले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *