क्यान्सर अस्पतालमा बिरामीको चापमा वृद्धि

नेपालगञ्ज, १ भदौ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार सेवा लिन आउने बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ । अस्पताल प्रमुख क्यान्सर रोग विशेषज्ञ डा विश्वराज पौडेलका अनुसार सेवा प्रारम्भ गरेको डेढ महिनाको अवधिमा ५२२ जनाको उपचार भएको छ ।

सरकारीस्तरबाट राजधानी बाहिर भरतपुरपछि यो क्यान्सर अस्पताल दोस्रो हो । असार ९ गते स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेपछि अस्पताल सञ्चालनमा आएको हो । अस्पतालले हालका लागि बहिरङ्ग सेवाअन्तर्गत बिरामी जाँच, प्याथोलोजी, रेडियोलोजी र फार्मेसी सेवामात्र दिन सकेको छ । दशैँअघिदेखि बिरामी भर्ना गरेर थप उपचार सेवा दिने अस्पतालको लक्ष्य छ । सरकारबाट १०० श्ययाको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्याबाट आफ्नो सेवा प्रारम्भ गरेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कक्षपतिका अनुसार अस्पताल निर्माणमा अहिलेसम्म रु ३५ करोड खर्च भइसकेको छ । यो अस्पतालको सेवा प्रारम्भ भएपछि प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका नागरिकलाई शुरुआती चरणको उपचार सेवा लिन भरतपुर, काठमाडौँ जानुपर्ने बाध्यता पनि टरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *