चिकित्सकको मर्यादामा आँच आउन नदिने

160
Shares

काठमाडौँ, १ भदौ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले भदौ १ गतेदेखि लागू हुन थालेको मुलुकी अपराध(सहिंता) ऐन २०७४ मा चिकित्सकको दण्ड सजाय सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने जनाएको छ ।

चिकित्सकको दण्ड सजाय सम्बन्धी ऐनमा भएको व्यवस्थाप्रति नेपाल मेडिकल एसोशिएसनले व्यक्त गरेको चासोप्रति सरकार संवेदनशील रहेको र उक्त विषयलाई प्रचलित कानूनमा आवश्यकता अनुसार संशोधन गर्ने मन्त्रालयका प्रवक्ता रमेश ढकालद्वारा हिजो जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “आफ्नो पेशागत कार्य सम्पादन र कर्तव्य पालन गर्दा चिकित्सकको मर्यादामा आँच आउन नदिन आवश्यक व्यवस्था मिलाउन सरकार सजग रहेकोछ ।”

ऐनमा उपचारका क्रममा बिरामीको ज्यान गएपछि चिकित्सकलाई समेत कैद गर्ने व्यवस्था गरिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *