उदयपुर : सर्पदंश केन्द्रमा औषधि अभाव

32
Shares

उदयपुर, २५ साउन । जिल्लाको कटारी क्षेत्रमा सर्पदंश केन्द्रमा औषधि अभाव भएको छ ।

दुई महिनादेखि यस क्षेत्रमा दैनिक सर्पको बिगबिगी बढेको छ । यहाँ दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । कटारी अस्पताल र नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा औषधि अभाव भएपछि बिरामीलाई उपचारका लागि अन्यत्र जान सिफारिश गर्ने गरिएको छ ।

“बिरामीलाई समयमै अस्पताल पु¥याउन नसक्दा बाटैमा मृत्यु हुने गरेको छ,” कटारी अस्पतालका प्रमुख डा गौरव साहले भने, “दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्, औषधि नहुँदा अन्य अस्पताल लैजान सिफारिश गर्नुपर्ने बाध्यता छ ।” अस्पतालमा सर्पदंशका बिरामी राख्न भेन्टिलेटर छैन ।

कटारी ताराघारीस्थित शार्दूल गणमा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पनि औषधि अभाव भएको सेनानी उपेन्द्र रेग्मीले बताए । वर्षातको समयमा सर्पको बिगबिगी बढेको छ । वैशाखयता शार्दूल गणको सर्पदंश उपचार केन्द्रमा एक सयभन्दा बढी बिरामीको उपचार गरिएको थियो । तेह्र जनालाई निको पारिएकोमा अन्यलाई उपचारका लागि अन्य अस्पताल सिफारिश गर्नुपरेको सेनानी रेग्मीले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *