नुवाकोट : उपसभामुखद्वारा अर्वुदरोग पीडितलाई सहयोग

44
Shares

नुवाकोट, २३ साउन । प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफ्ना मातापिताको स्मृतिमा स्थापित शेरा स्वास्थ्य तथा शिक्षा प्रतिष्ठानले अर्वुदरोग पीडित अनिता श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

तादी गाउँपालिका–४ की श्रेष्ठलाई उपसभामुख तामाङ र सांसद तथा नेकपाका नेता हितबहादुर तामाङले काठमाडौंको निजामती अस्पतालमा पुगेर रु ९० हजार ५०० सहयोग गरेका हुन् । उपसभामुख तामाङले अर्वुदरोगकै कारण दिवंगत आफ्ना पिता शेरबहादुर र माता राम्रीको स्मृतिमा प्रतिष्ठान स्थापना गरी विभिन्न सामाजिक काम गर्दै आएकी छन्। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *