नुवाकोट : उपसभामुखद्वारा अर्वुदरोग पीडितलाई सहयोग

नुवाकोट, २३ साउन । प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफ्ना मातापिताको स्मृतिमा स्थापित शेरा स्वास्थ्य तथा शिक्षा प्रतिष्ठानले अर्वुदरोग पीडित अनिता श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

तादी गाउँपालिका–४ की श्रेष्ठलाई उपसभामुख तामाङ र सांसद तथा नेकपाका नेता हितबहादुर तामाङले काठमाडौंको निजामती अस्पतालमा पुगेर रु ९० हजार ५०० सहयोग गरेका हुन् । उपसभामुख तामाङले अर्वुदरोगकै कारण दिवंगत आफ्ना पिता शेरबहादुर र माता राम्रीको स्मृतिमा प्रतिष्ठान स्थापना गरी विभिन्न सामाजिक काम गर्दै आएकी छन्। रासस


Leave a Reply

Your email address will not be published.