स्तन तथा खाना नलीको क्यान्सर रोग सम्वन्धि अन्तराष्ट्रिय सम्मेलन शुरु


काठमाडौँ, १४ साउन ।  स्तन तथा खाना नलीको क्यान्सर रोग सम्वन्धी तीन दिने अन्तराष्ट्रिय सम्मेलन आजबाट शुरु भएको छ ।
भैैसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलमा विशेष समारोहकाबीच सो सम्मेलन शुरु गरिएको हो ।

“उपचार, पुनस्र्थापना र भविष्यका आधारहरु” नाम दिइएको उक्त सम्मेलन अमेरिकास्थित विश्वप्रसिद्ध यल न्यु हेभन हस्पिटल र नेपाल मेडिसिटी हस्पिटलको संयुक्त आयोजनामा शुरु भएको हो ।

उक्त सम्मेलनमा क्यान्सर रोग विशेषज्ञ, शल्य चिकित्सक, फिजिसियन, रेडियोलोजिष्ट गरी देशभरबाट २ सय बढीको सहभागिता छ ।

सम्मेलनमा भाग लिन अमेरिकाबाट डा डिकरम्यान होलिस्टरको नेतृत्वमा ग्रीनवीच र एल न्यु हेभेन हस्पिटलबाट आएका डा बार्बरा वार्ड, डा बेरी बौइड, डा अवस्था नारायण , डा पउल वेटर्स, डा एल्सा रास्किन लगायतको विशेषज्ञ टोलीले सहभागिता जनाएको छ ।

सम्मेलन खासगरी स्तन क्यान्सर रोगका चरणहरु, रेडियोलोजी सेवा, शल्यक्रिया, किमोथेरापी, दुखाइ व्यवस्थापन लगायत विषयमा केन्द्रीत रहने बताइएको छ ।

सम्मेलनकै दौरानमा आज मेडिसिटी हस्पिटलले सहभागीहरुलाई स्तन क्यान्सर र खाने नलीको क्यान्सरका जटिल शल्यक्रिया आफ्नो अप्रेशन थिएटर देखि सम्मेलन स्थलमा प्रत्यक्ष प्रशारण समेत गरेको थियो । जुन सम्मेलनको एक आकर्षण समेत बनेको थियो ।

यस सम्मेलन सर्जिकल, मेडिकल, रेडिएसन क्यान्सर विशेषज्ञ र क्यान्सरसंग सम्बन्धित अन्य सबै विशेषज्ञका लागि फलदायी रहने अपेक्षा राखिएको छ ।

विभिन्न विधाका क्यान्सर उपचार सेवाबारे अनुभव एवं ज्ञान आदान प्रदान गरिने यस सम्मेलन बुधबारसम्म सञ्चालन हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *