नेता खनालको प्याराथाइराइड र मिर्गौलाको पत्थरीको शल्यक्रिया


काठमाडौँ, ११ साउन । चीनमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको प्याराथाइराडड र मिर्गौलामा भएको पत्थरीको शल्यक्रिया गरिएको छ ।

चीनको सिन्चाउस्थित ‘अन्तर्राष्ट्रिय हस्पिटल अफ सिन्चाउ प्रोभिन्स’मा उनको बिहीबार सफल शल्यक्रिया भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । शल्यक्रियापछि खनाल अहिले आराम गरिरहेका छन् ।

चिकित्सकको सल्लाहमा पूर्वप्रधानमन्त्री खनाल प्याराथाइराइड र मिर्गौलामा भएको पत्थरीको उपचार गर्न चीन गएका हुन् । उपचार गराउन चीन जानुअघि उनले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, वीर अस्पतालमा उपचार गराएको स्वकीय सचिव भट्टराईले बताए। उनलाई विगत एक वर्षदेखि प्याराथाइराइडको समस्या भएको थियो ।

यही साउन ६ गते पत्नी रविलक्ष्मी चित्रकारसँग चीन गएका खनाल अझै १० दिन चिकित्सकको सल्लाहमा चीन बस्नेछन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *