त्रिशुली बस दुर्घटनाका ७ घाइतेको उपचार पुरानो मेडिकल कलेजमा, उपचारका क्रममा तीनको मृत्यु

168
Shares

चितवन, ११ साउन । त्रिशुली बस दुर्घटनाका घाइते मध्ये ७ जनाको उपचार भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा भइरहेको छ । सो अस्पतालमा १० जना घाइते लगिएपनि तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

अस्पतालका बरिष्ठ बजार प्रवन्धक दुर्गा न्यौपानेका उदयराज लामिछाने, कृस गुरुङ, भक्त बहादुर बस्नेत, फिरोज मिया, सौजन गजुरेल, मेघ बहादुर पुन र बिष्णु श्रेष्ठको उपचार भइरहेको छ । कमला श्रेष्ठ ,रबिन गुरुङ र बाबुराम तिवारीको भने मृत्यु भएको छ ।

विहान काठमाडौंबाट पोखराका लागि छुटेको ना ६ ख २५०६ बस ट्रकसंग ठोक्किएर त्रिशुली नदिमा खसेको थियो । सो क्रममा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परि अरु २३ जना घाइते भएको बताइएको छ ।

उनीहरुको पुरानो मेडिकल कलेज, चितवन मेडिकल कलेज, भरतपुर अस्पताल आदिमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *