सरकार र डा केसीबीच नौ बुँदे सहमति, अनसन आजै तोडिने

324
Shares

काठमाडौँ, १० साउन ।  सरकार र डा गोविन्द केसीबीच ९ बुँदे सहमति भएको छ । बालुवाटारमा सरकारी बार्ता टोली र डा केसी पक्षबीच सो सहमति भएको हो । सहमति संगै डा केसीको २७ दिन लामो अनसन तोडिने भएको छ ।

यसअघि ७ बुँदे सहमतिको मस्यौदा लिएर गएको आफ्नो पक्षको बार्ता टोलीलाई केसीले केही बुँदामा अस्पष्ट रहेको भन्दै फर्काएका थिए । सोही सन्देश लिएर डा केसी पक्षको टोली बालुवाटार फर्केको थियो ।

त्यस लगत्तै सरकारी टोलीले थप दुई बुँदा थपेर सहमति गरेको हो ।

‘हो सहमति भएको छ तर यसको अन्तिम मस्यौँदा बन्ने क्रममा छ । त्यसपछि हस्ताक्षर हुन्छ,’ नेकपाका नेता सुवास नेम्वाङले भने ।

बालुवाटारमा हस्ताक्षर पछि टोली केसीको अनशन तोडाउन शिक्षण अस्पताल जानेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *