सरकार र डा केसीबीच नौ बुँदे सहमति, अनसन आजै तोडिने
काठमाडौँ, १० साउन । सरकार र डा गोविन्द केसीबीच ९ बुँदे सहमति भएको छ । बालुवाटारमा सरकारी बार्ता टोली र डा केसी पक्षबीच सो सहमति भएको हो । सहमति संगै डा केसीको २७ दिन लामो अनसन तोडिने भएको छ ।
यसअघि ७ बुँदे सहमतिको मस्यौदा लिएर गएको आफ्नो पक्षको बार्ता टोलीलाई केसीले केही बुँदामा अस्पष्ट रहेको भन्दै फर्काएका थिए । सोही सन्देश लिएर डा केसी पक्षको टोली बालुवाटार फर्केको थियो ।
त्यस लगत्तै सरकारी टोलीले थप दुई बुँदा थपेर सहमति गरेको हो ।
‘हो सहमति भएको छ तर यसको अन्तिम मस्यौँदा बन्ने क्रममा छ । त्यसपछि हस्ताक्षर हुन्छ,’ नेकपाका नेता सुवास नेम्वाङले भने ।
बालुवाटारमा हस्ताक्षर पछि टोली केसीको अनशन तोडाउन शिक्षण अस्पताल जानेछ ।