जाजरकोट : आन्दोलनभन्दा बिरामीको उपचार प्यारो
जाजरकोट, ८ साउन । यहाँको जिल्ला अस्पतालमा सहज रुपमा बिरामीको उपचार भइरहेको छ । डा गोविन्द केसीको मागभन्दा बिरामीको स्वास्थ्य ठूलो भएको भन्दै उपचार कार्यमा लागिएको स्वास्थ्यकर्मी भीमराज सिंहले बताए।
दैनिक २० भन्दा बढी बिरामी आउने जिल्ला अस्पतालमा केही दिन बन्द ओपिडी सेवा आजबाट सहज रुपमा खुलेर बिरामीको उपचार शुरु भएको छ । बिरामीले उपचार पाउने मौलिक हक खोसिएको भन्दै स्वास्थ्यकर्मी विभाजित भएपछि ओपिडी सेवा आज खुलेको हो ।
केन्द्रबाट अस्पतालमा बिरामीको उपचार नगर्न दबाब आए पनि यहाँका स्वास्थ्यकर्मीले केन्द्रको भनाइलाई नमानेको बताएका छन् । रासस