शिक्षण अस्पतालमा आवासीय चिकित्सकहरु सामुहिक अनशनमा

काठमाडौँ,८ साउन । डा. गोविन्द केसीको माग तत्काल सम्वोधन गर्न दवाव दिन त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले सामुहिक अनशन शुरु गरेका छन् ।

डा केसी अनशन बसेको भवन अगाडी उनीहरुले सामुहिक अनशन शुरु गरेका हुन् । अनशनमा करीब ७० जना आवासीय चिकित्सक रहेका छन् ।

अनशनमा ऐक्यबद्धता जनाउन नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, महासचिव डा लोचन कार्की, सह कोषाध्यक्ष डा प्रकाश बुढाथोकी र पूर्व अध्यक्ष डा केदारनरसिंह केसी त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

सामुहिक अनशनलाई सम्वोधन गर्दै संघका अध्यक्ष डा श्रेष्ठले आवासीय चिकित्सकहरुको दवाव मुलक कार्यक्रममा आफूहरुको ऐक्यवद्धता रहेको बताए । उनले चिकित्सक संघले घोषणा गरेको कार्यक्रमलाई भाँजो हाल्न केही तत्वहरुको चलखेल गरेको भन्दै प्रतिकारका नाममा उत्रिने वा आफूहरुको निर्देशन नमान्ने त्यस्ता तत्व आफै सकिने बताए ।

उनले पेशागत संगठनको कार्यक्रमलाई बहिस्कार गर्छौ भन्ने हरुको रेकर्ड तयार हुने भन्दै भविस्यमा समस्या पर्दा त्यसको अहिलेको गतिविधिको मूल्यांकन हुने चेतावनी दिए ।

सत्ता निकट चिकित्सकहरुले अस्पतालको सेवा बन्द गर्ने चिकित्सक संघको निर्णयको विरोध र अवज्ञा गर्दै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *