बिरामीलाई नि:शुल्क ओपिडी सेवा उपलव्ध गराउन चिकित्सक संघको निर्देशन
काठमाडौँ, ७ साउन । नेपाल चिकित्सक संघले विरामीलाई निशुल्क ओपिडी सेवा उपलव्ध गराउन आफ्ना सदस्यहरुलाई भनेको छ ।
डा गोविन्द केसीको माग पुरा गर्न सरकारलाई दवाव दिन आज सार्वजनिक गरेको कार्यक्रममा संघले आफ्ना सदस्यहरुलाई आफू कार्यरत संस्थाको नियमित ओपिडी टिकट, रसिद, बील बहिस्कार गर्ने तर बैकल्पिक ओपिडी शुरु गर्न आवहान गरेको छ ।
यस्तै उसले उपत्यकामा संघका पदाधिकारी तथा सबै चिकित्सकलाई विहान १० देखि ५ बजेसम्म बसन्तपुरमा हुने रिले अनशनमा सहभागी हुन आग्रह गरेको छ । उसको यो आग्रहले निशुल्क सेवा दिने भन्ने माथिको घोषणालाई खण्डन गरेको छ । सबै चिकित्सक र पदाधिकारी धर्नामा गए कसले दिन्छ ओपिडी सेवा ?
महासचिव डा लोचन कार्कीद्धारा आज जारी विज्ञप्तीमा आवासीय चिकित्सले सञ्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिस्कार प्रति ऐक्यबद्धता जनाएको उल्लेख छ ।
निजी अस्पतालमा पनि निशुल्क ओपिडी ?
संघको विज्ञप्ती अनुसार भोलि देखि निजी अस्पतालमा कार्यरत चिकित्सकहरुले पनि निशुल्क ओपिडी दिनुपर्ने हुन्छ । तर एक जना निजी सञ्चालकले भने, ‘हामीले निशुल्क ओपिडी सेवा दिन सक्दैनौँ ।’
उनले अगाडी थपे, ‘सरकारी अस्पतालमा यो लागू भए होला हामी कहाँ त झन भिड बढ्छ । यस्तो आन्दोलनमा हामीले सहयोग गर्न पनि सक्दैनौँ । ‘
विज्ञप्ती
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



