प्रदेशस्तरका स्वास्थ्य समस्या सुनाउन सामाजिक विकास मन्त्री पुगे स्वास्थ्य मन्त्रालय

काठमाडौं ६, साउन । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसंग आज सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले सामुहिक भेट गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सो भेटका क्रममा उनीहरुले प्रदेशस्तरमा भएका स्वास्थ्यका समस्याबारे मन्त्री यादवलाई जानकारी गराएका छन् ।

भेटपछि बोल्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश र केन्द्रबीच स्वास्थ्य क्षेत्रमा कसरी समन्वय एवं सहकार्य गर्ने भन्ने विषयमा आजको भेट केन्द्रीत रहेको बताए । उनले केन्द्र र प्रदेशको कार्यक्रममा समानता, नीति योजना तथा बजेट कार्यान्वयमा सहजता विषयमा कुरा भएको जानकारी दिए ।

काठमाडौ आएका सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले शनिबार बैठक बसेर स्वास्थ्य, शिक्षा लगायतका विषयमा सम्बन्धित मन्त्रीहरुसँग भेट गर्ने निर्णय गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *