जुम्ला घटनाको मुख्य दोषी प्रतिष्ठानका पदाधिकारी ?

काठमाडौँ, ४ साउन ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले अस्पताल प्रहरीले बल प्रयोग गर्ने अवस्था आउनुमा प्रतिष्ठानका मुख्य पदाधिकारीहरु जिम्मेवार रहेको बताएका छन् । उनीहरुले घटनाको छानवीन गरी दोषीमाथि कडा कारबाही गर्न समेत माग गरेका छन् ।

प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामकान्त उपाध्यायले आज जारी गरेको विज्ञप्तीमा डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र उपचार गर्नका लागि चाहिनसक्ने स्रोत साधन नभएको रिपोर्टको आधारमा आएको सरकारी बार्ता टोलीलाई डा केसीसंग भेट गर्नै नदिइनु र झडपको अवस्थासम्म ल्याइ पुरयाउनुमा मुख्य जिम्मेबार पदाधिकारीहरु नै रहेको उल्लेख छ ।

समाजले घटनालाई अति रञ्जित बनाउन विद्यार्थी र कर्मचारीलाई समेत ढाल बनाएको आरोप लगाउँदै घटनाको छानवीन गर्न समेत माग गरेको छ ।

हिजो डा केसीलाई काठमाडौँ ल्याउन नदिन प्रतिकारमा उत्रिएका पक्ष र प्रहरी बीच भएको झडपमा परी प्रतिष्ठानका चिकित्सक , नर्स, कर्मचारी विद्यार्थी सहित प्रहरी तर्फसमेत केही घाइते भएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *