जुम्लामा डा. केसीको साथमा विद्यार्थी देखि आमा समूहसम्म
जुम्ला ३ साउन । डा. गोविन्द केसीले माग पुरा नभई काठमाडौँ नजाने अडान लिएपछि जुम्लामा उनलाई विद्यार्थी देखि सर्वसाधारणसम्मले साथ दिएका छन् ।
सरकारी टोलीलाई डा केसीसम्म पुग्न नदिन विद्यार्थी तथा सर्वसाधारणले मानव सांग्लो बनाएका छन् ।
स्थानीय प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेपनि डा केसी सम्म पुग्न सकेको छैन ।
केसीलाई काठमाडौँ लैजान लागेको विरोधमा यतिवेला जुम्लामा स्थानीय आमा समूहले समेत प्रदर्शन गरेको खबर छ ।




नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



