काठमाडौँ डायविटिजमा उपचार गराउनेको सख्या तीन बर्षमा ४३ हजार नाघ्यो
ललितपुर, २ साउन । जाउलाखेलस्थित काठमाडौँ डायविटिज एण्ड थाइराइड सेन्टर मंगलबारदेखि चौथो बर्षमा प्रवेश गरेको छ । अल्का अस्पताल परिसरमै रहेको सो सेन्टरले तीन वर्षको अवधिमा ४३ हजार बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ ।
सेन्टरले मधुमेह, थाइराइड तथा हर्मोन लगायतका स्वास्थ्य समस्या निराकरणका लागि विषेशज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
सेन्टरमा बरिष्ठ इन्डोक्राइनोलोजिस्ट अंशुमाली जोशी, डा प्रियादर्शनी योन्जन लगायतले सेवा उपलव्ध गराउँदै आएका छन् ।
त्यसो सेन्टरले उपचारबाहेक निशुल्क स्वास्थ्य परीक्षण शिविर, जनचेतना मुलक रयालीहरु समेत बेला बखतमा गर्दै आइरहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



