यी हुन् गर्भावस्थाका बेला महिलाले खानै पर्ने खानेकुरा

गर्भावस्थाको बेला महिलालाई विभिन्न किसिमका पोषक तत्वहरुको आवश्यकता पर्दछ । गर्भमा हुर्किरहेको शिशुलाई आमाबाटै पोषण तथा आहारा प्राप्त हुन्छ ।

आमाले खाएको खानेकुराबाट नै गर्भको भ्रुणको विकासमा सहयोग गर्दछ । गर्भको शिशुको विकासका लागि क्याल्सियम तथा प्रोटिन निकै महत्वपूर्ण हुन्छ । हरेक गर्भवती महिलाले आफ्नो तथा गर्भको शिशुको स्वास्थ्य तथा विकासका लागि खानुपर्ने खानेकुराहरु निम्न छन् ।

कम फ्याटयुक्त दुग्ध प्रडक्टहरुलाई क्याल्सियमको राम्रो श्रोत मानिन्छ । गर्भवती महिलाले हप्तामा कम्तिमा दुइ पटक पनीर वा चिज खानु लाभदायक हुन्छ ।

गर्भमा रहेको शिशुको हड्डी, दाँत तथा स्नायुहरुको विकासमा बदाम खानु राम्रो  हुन्छ । यसले गर्भवती आमालाई पनि पर्याप्त प्रोटिनको आपूर्ति गर्दछ ।

अण्डामा प्रशस्त मात्रामा प्रोटिन तथा चिल्लो पदार्थ हुनुका साथै शरीरलाई आवश्यक पर्ने सेलेनियम, जिंक, भिटामिन ए , डि लगायतका पौष्टिक तत्व हुन्छ जसले गर्भवती महिलालाई फाइदाजनक हुन्छ ।

गर्भवती महिलाहरुले नियमित रुपमा माछामासु सेवन गर्नु लाभदायक हुन्छ । यसले भ्रुणको विकासमा सहयोग पुग्दछ र आमा तथा बच्चाको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँदछ । तर माछा सेवन गर्नुभन्दा पहिले गर्भवती महिलाले सुरुमा डाक्टरसँग परामर्श लिनु जरुरी हुन्छ ।

तिल पनि क्याल्सियमको उत्तम श्रोत हो । त्यसैले तिलको सेवन गर्नु गर्भवती महिलाको लागि फाइदाजनक हुन्छ ।

पालुंगो तथा ब्रोकाउली जस्ता हरियो सागपातमा तथा फलफूलहरुमा प्रशस्त क्याल्सियम, आइरन पाइन्छ यसले बच्चाको छाला, हड्डी तथा मस्तिष्कको विकासमा पनि सहयोग पुर्याउँदछ । त्यसैले दिनमा कम्तिमा एक पटक हरियो सागपात तथा फलफूलको सेवन लाभदायक हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *