यी हुन् लिचीका पोषणसम्बन्धी पाँच तथ्यहरू

8
Shares

नेपालका तराई तथा पहाडी क्षेत्रमा अहिले सुगन्धित, रसिलो, गल्फ बलजत्रा आकारका रातो रङका लिचीले भरिएका छन्। यसको अर्थ एउटै हो—अहिले देशमा लिचीको मौसम चलिरहेको छ ।

अब प्रश्न उठछ लिची कति खाने ? किन खाने ?

चिकित्सकहरुले लिची धेरै नखान सुझाव दिने गर्दछन् । तर स्वादिलो फल यो किन खाने भनेर सोधि रहनु पर्दैन । बरु यसमा केही पोषक तत्वहरु रहेको पाइन्छ ।

यी हुन् लिचीका पोषणसम्बन्धी पाँच तथ्यहरू

  • ताजा लिचीमा सुन्तला र स्ट्रबेरीभन्दा पनि बढी भिटामिन C हुन्छ।
  • केवल ९ वटा लिची खाँदा एक वयस्कलाई दैनिक आवश्यक पर्ने १०० प्रतिशत भिटामिन C प्राप्त हुन्छ।
  • १०० ग्राम लिची (करिब ७–१० वटा) मा करिब ६६ क्यालोरी हुन्छ।
  • लिची रुखबाट टिपिसकेपछि थप पाक्दैन। त्यसैले हरियोभन्दा रातो लिची रोज्नु राम्रो हुन्छ, किनकि हरियो लिची कम गुलियो हुने र यसमा MCPG (मेथिलिन साइक्लोप्रोपाइल ग्लाइसिन) नामक प्राकृतिक विषाक्त पदार्थ बढी हुन सक्ने सम्भावना हुन्छ।
  • नछोएको (बोक्रासहितको) लिचीलाई कागजी टिस्युमा बेरेर प्वाल भएको प्लास्टिकको झोलामा राखी फ्रिजमा राख्दा करिब एक सातासम्म ताजा रहन्छ। कोठाको तापक्रममा राख्दा भने यसको बोक्रा केही दिनमै खैरो हुन थाल्छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *