प्रतिपक्षको अवरोध पछि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ अघि बढेन
काठमाडौँ, ३२ असार । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक,२०७५ लाई अगाडी बढाउने सरकारको पहिलो प्रयास आज पनि सफल हुन सकेन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मुल मर्मविपरित संसोधन गरी विधेयक पेश गर्न लागेको भन्दै विरोध जनाएपनि संसद बैठक अघि बढ्न नसकेको हो ।
बैठक सुरु भए लगत्तै कांग्रेस सांसदहरु आ आफ्ना स्थानमा उभिएका थिए । सभामुख कृष्णबहादुर महराले पटक पटक बस्न आग्रह गर्दा समेत नमानेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।
त्यसअघि सांसद कांग्रेस मिन विश्व कर्माले यथास्थितिमा संसद चल्न नसक्ने बताएका थिए । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विधेयकलाई आज संसदमा प्रस्तुत गर्ने तयारीमा छन् ।