टिचिङ अस्पतालका आवासीय चिकित्सकले माइतीघरमा विरामी जाँच्ने

काठमाडौँ, २९ असार । अनशनरत डा गोविन्द केसीको माग पुरा गर्न दवावमुलक कार्यक्रम अघि सारेको त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले आज माइतीघर मण्डलामा बसेर विरामी जाँच्ने भएका छन् । उनीहरुले अस्पतालको ओपिडी भने आजबाट बहिस्कार गरेका छन् ।

आवासीय चिकित्सकहरुको संस्था नेशनल रेजिडेन्टस् डक्टर्स एसोसिएशनका अध्यक्ष डा सुमित पाण्डेले साढे १० बजेपछि माइतीघरमा ओपिडी शुरु हुने बताए । उनले भने, ‘१४ दिन देखि जुम्लामा अनशन बसेका डा गोविन्द केसी सरको मागका विषयमा सरकार गम्भीर देखिएन त्यसैले हामीले माइतीघरमा पुगेर विरामी जाँच गरी सांकेतिक विरोध गर्न लागेका हौँ ।’

उनले अबको केही क्षणमा त्रिवि शिक्षण अस्पतालबाट डाक्टरहरुको टोली माइतीघर तर्फ जाने बताए ।

यता सरकारले माईतीघरलाई भने निषेधित क्षेत्र घोषणा गरेको छ । गृहमन्त्रालयले केही साता अघि नै सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । तर डा केसीका समर्थकहरुले भने हरेक आन्दोलनमा माइतीघर डवली प्रयोग गर्दै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *