लहान : गर्भवती महिलालाई बाख्रा वितरण !
लहान, २७ असार । नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहान बाख्रा वितरण गरेको छ ।
बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुरुङ्गा नगरप्रमुख मुक्तिनाथ चौधरीले वडा नं १, २, ३, ४ र ५ का १०/१० दलित विपन्न परिवारका गर्भवती महिलालाई बाख्रा वितरण गरेका हुन् ।
दलित, विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले बाख्रा वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिए । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



