स्वास्थ्यकर्मीको करार नविकरण अब स्थानीय तहबाटै

1.7k
Shares

काठमाडौँ, २५ असार । स्वास्थ्य सेवा विभागले प्रदेश तथा स्थानीय तह अन्तरर्गतका स्वास्थ्य संस्थामा कार्यरत करारका स्वास्थ्यकर्मी तथा कर्मचारीको म्याद थप सम्वन्धी व्यवस्था स्थानीय तहकै पालिकाबाट हुने स्पष्ट पारेको छ । करारमा कार्यरत प्राय सबै स्वास्थ्यकर्मी तथा कर्मचारीको असार मसान्तमा म्याद सकिने गर्दछ ।

विभागकाले आज सात वटै प्रदेशका समाजिक विकास मन्त्रालय र ७५३ वटा पालिकाहरुलाई सम्वोधन गरि लेखेको पत्रमा स्थानीय तहमा सेवालाई निरन्तरता दिन बजेट तथा कार्यक्रम रहेको र त्यसैबाट स्थानीय तहमा कार्यरत स्वास्थ्य कर्मी तथा कर्मचारीको करार नविकरण गर्न सकिने बताएको छ ।

हेरौँ विभागको पत्र

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *