डा. गोविन्द केसीको माग चिकित्सा शिक्षा आयोगबाट समाधान हुन्छ : मन्त्री पोखरेल

काठमाण्डौं २५ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डा. गोविन्द केसीको माग चिकित्सा शिक्षा आयोगबाट समाधान हुने बताएका छन् ।

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको ३० औं महाधिवेशनलाई आइतबार सम्वोधन गर्दै मन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारको माग सहित जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं आउन अनुरोध समेत गरे ।

विवादित मुद्धाहरु आयोग मार्फत् हल हुने बताउँदैं मन्त्री पोखरेलले केसीलाई आमरण अनशन तोडेर वार्तामा आउन आहृवान समेत आग्रह गरे ।

आन्दोलन, धर्ना, जुलुस गरेर समस्या समाधान नहुने भन्दैं मन्त्री पोखररेलले बौद्धिक व्यक्तित्वले हठ राख्न नहुने बताए । उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रमा भएका सबै विकृति र विसंगतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि जानकारी दिए ।

युनेस्कोको प्रसंसा गर्दै मन्त्री पोखरेलले अब नयाँ ढंगले अघि बढ्नु आवश्यकता औँल्याए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *