सात वटै प्रदेशमा प्राकृतिक चिकित्सालय खोल्न सभामुखको आग्रह

44
Shares

काठमाडौँ, २० असार ।  प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सातवटै प्रदेशमा प्राकृतिक चिकित्सालय खोल्न सरकारलाई आग्रह गरेका छन् ।

पहिलो राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले उनले नसर्ने रोगको जोखिम बढीरहेको सन्दर्भमा योग तथा प्राकृतिक चिकित्साका माध्यमबाट नियन्त्रण गर्न सकिने भन्दै त्यसका लागि चिकित्सालय खोल्न आग्रह गरेका हुन् ।

‘म अहिले सरकार भन्दा बाहिर नै छु । यहाँ सरकारका मन्त्री पनि हुनुहुन्छ,’ मञ्चमा रहेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई देखाउँदै सभामुख महराले भने, अ’हिलेको अवस्थामा प्राकृतिक चिकित्साको महत्व निकै बढेको छ । त्यसैले मेरो सरकारसंग आग्रह सात वटै प्रदेशमा प्राकृतिक चिकित्सालय खोलियोस ।’

शिक्षा मन्त्री पोखरेलले सरकारले प्राकृतिक चिकित्साको महत्व बुझेर नै दिवस मनाउने दिन समेत तोकेको भन्दै देशैभर यसको सञ्जाल फैलाउन लागि परेको बताए ।

दिवस मुलसमारोह समितिका संयोजक डा. हरिप्रसाद पोखरेलले प्राकृतिक चिकित्साको महत्वबारे प्रकाश पारेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *