डा. केसीलाई सुरक्षित स्थानमा नसारे कडा आन्दोलनमा उत्रिने चिकित्सक संघको चेतावनी

काठमाडौँ,१८ असार । कवर्ड हलमा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको भन्दै नेपाल चिकित्सक संघ कर्णाली शाखाले तत्काल सुरक्षित ठाँउमा स्थानान्तरण गर्न स्थानीय प्रशासनसंग माग गरेको छ ।

संघले २४ घण्टा भित्र आफ्नो माग पुरा नभएको खण्डमा भोलि देखि कर्णाली प्रदेशका सबै सवस्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

संघको कर्णाली शाखाद्धारा आज जारी विज्ञप्तीमा कवर्ड हलमा स्वास्थ्य अवस्था खतरा भएको र सुरक्षित स्थानमा लैजान आग्रह गर्दा समेत स्थानीय प्रशासनले अटेरी गरेको उल्लेख छ । त्यसको विरोधमा कर्णाली प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आजदेखि हातमा कालोपट्टी काम गर्न समेत निर्देशन दिएको शाखा उपाध्यक्ष डा प्रविणकुमार गिरीद्धारा जारी विज्ञपप्तीमा उल्लेख छ ।

जुम्लाको चिसो र त्यसमाथि कवर्डहलको चिसो भुईमा अनशन बसेको केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकहरुले उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तान्तारण गर्न माग गरेका थिए । तर स्थानीय प्रशासनले प्रतिष्ठानमा अनशन बस्न दिन नमिल्ने बताउँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *