भूकम्पपछि दुबै मिर्गौलाले काम गर्न छाडेपछि…

72
Shares

काठमाडौँ, १७ असार । भूकम्पपीडित रमिता कार्कीका दुई मिर्गौलाले काम गर्न छाडेपछि परिवारमा दुःख निम्तिएको छ ।

दोलखा, भीमेश्वर नगरपालिका–८ जिलु निवासी कार्कीले मिर्गौला बिग्रेपछि सात महिनादेखि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार गराइरहेकी छन् ।

यहाँ आज आयोजित संवाद डबलीमा उनका छोरा रविले आमालाई सञ्चो नभएपछि उपचारार्थ अस्पताल ल्याउँदा चिकित्सकले उनका दुवै मिर्गौला बिग्रेको जानकारी दिएको बताए ।

गोरखा भूकम्पबाट घर क्षतिग्रस्त भएपछि दुःख व्यहोर्दै आएको उनको परिवारमा दुवै मिर्गौला बिग्रिएपछि उपचारका लागि सापट लिएको ऋण पनि सकिएपछि झन् समस्या थपिएको छ । आमालाई सहयोग गरी बचाइदिन सम्बन्धित निकायसँग उनले याचना गरे । यसअघि बालकृष्ण र रमिता दम्पतीले मजदुरी गरी घरखर्च चलाउनाका साथै छोराछोरीलाई पढाउँदै आएको थियो ।   रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *