महोत्तरीमा सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार

72
Shares

गौशाला, ११ असार । महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् ।

जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई हजार २०० बालबालिकामा कडा कुपोषण र पाँच हजार दुई बालबालिकामा मध्यमखालका कुपोषण फेला परेको बताए ।

चिकित्सक झाका अनुसार जिल्लाको ग्रामीण भेगमा बसोबास गर्ने बालबालिका गरिबीका कारण चाहिए जति खाना खान नपाएर कुपोषणका शिकार भएका छन् । त्यस्तै शहरी क्षेत्रका बालबालिका सन्तुलन मिलाएर खाना नखाएका कारण कुपोषणको शिकार भएका छन् ।

जिल्ला अस्पताल महोत्तरीले जिल्लाका बालबालिकामा फेला परेको कडा खालको र मध्यम खालको कुपोषण हटाउनका लागि जिल्ला अस्पताल जलेश्वरलगायत जिल्लाको अन्य करीब एक दर्जन विभिन्न अस्पताल तथा स्वास्थ्यचौकीमा विशेष कार्यक्रम लागू गरिएको छ ।

महोत्तरी जिल्लामा अहिले छ महिनादेखि ५९ महिना उमेर समूहका ७० हजार ६२५ जना बालबालिका रहेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *