डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

32
Shares

राकेशकुमार मिश्र


बाँके, १० असार । स्थानीय डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ ।

जिल्ला समन्वय समिति संयोजक अजय श्रीवास्तवले सो घोषणा गर्दै बालबालिकाका लागि खोप अमृत रस भएकाले यसलाई कहिलै पनि छुटाउन नहुनेमा जोड दिए ।

उनले खोप कार्यक्रमलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाको प्रमुख दायित्व भएकाले उनीहरुको सोवाको स्थानीय सरकारले कदर गर्नुपर्नेमा जोड दिए ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको पहिलो प्राथमिकतामा स्वास्थ्य परेकाले घर घरमा स्वास्थ्य अभियान गरी यसमा सुधार ल्याइने बताए।

उक्त गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले पूर्ण खोप घोषणाको अवस्था तथा समग्र गाउँपालिकामा स्वास्थ्य अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाअन्तर्गत साठी वर्ष पुगेका महिला स्वयंसेवीहरू सुन्दरा लोनिया, जन्नतुल सल्मानी र जाहिरा बेगमलाई जनही रु २० हजार प्रदान गर्नुकासाथै बिदाइ गरिएको थियो ।

गाउँपालिकामा खोप सेवा लिने जन्मेदेखि एक वर्षका बालबालिकाको संख्या एक हजार १०९ पुगेको छ । जिल्लाका आठवटा स्थानीय तहमध्ये डुडुवासँगै खजुरा र वैजनाथ गाउँपालिका पूर्ण खोप गाउँपालिका घोषणा भइसकेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *