नेपालगन्जमा दुई कुष्ठरोगी भेटिए

36
Shares

नेपालगन्ज, ७ असार । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको जयसपुरमा आज थप दुई जना कुष्ठरोगी फेला परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा सञ्चालन गरिएको निःशुल्क कुष्ठ रोग जाँच शिविरमा ती कुष्ठरोगी फेला परेका हुन् ।

नेपालगन्ज उपमहानगपालिका र जयसपुर स्वास्थ्य चौकीले सञ्चालन गरेको शिविरमा स्वास्थ्य जाँच गराउन आएका १०४ मध्ये कुष्ठरोग भएका उनीहरुलाई निःशुल्क औषधि र आवश्यक परामर्श दिइएको छ ।

समाजमा लुकेर बसेका कुष्ठरोगी पत्ता लगाई निःशुल्क उपचार र उनीहरुको पुनःस्थापना गर्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको जयसपुर स्वास्थ्य चौकीका इन्चार्ज मधुकरमणि आचार्यले जानकारी दिए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *