बाथरोग सम्वन्धि नि:शुल्क स्वास्थ्य शिविर गर्दै निदान हस्पिटल

काठमाडौँ, २९ जेठ । निदान हस्पिटलले आगामी शनिबार बाथरोग सम्वन्धि निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । पुल्चोक स्थित हस्पिटल प्राङ्गणमा हुने उक्त शिविर विहान ९ देखि दिउसो १ बजेसम्म चल्नेछ ।

बाथरोग सम्वन्धी विशेषज्ञहरु सहभागी हुने उक्त शिविरमा निशुल्क स्वास्थ्य परामर्श हुने बताइएको छ । यस्तै ल्याव टेष्ट र एक्स रेमा ३० प्रतिशत छुट दिइने हस्पिटले घोषणा गरेको छ । शिविरमा बाथरोग पहिचान भईसकेका विरामीले भने पुरानो डक्टरी पुर्जा लिएर आउन समेत अनुरोध गरिएको छ ।

बाथ रोग दीर्घरोग भएको र यसले मुख्य रुपमा जोर्नीहरुमा असर गरेपनि यसको असर शरीरका अन्य महत्वपूर्ण अंगहरु जस्तै फोक्सो, मिर्गौला आँखा मुटुहरुमा पार्ने चिकित्सकहरु बताउँछन् । यसको समयमै पहिचान गरि उपचार गरे यसलाई नियन्त्रण गरी यसबाट हुन सक्ने जटिलताबाट बच्न सकिन्छ ।

निदानले चार दिनपछि हुने उक्त निशुल्क शिविरमा सहभागी जनाउनेले अग्रिम बुकिंङको सुविधा समेत उपलव्ध गराएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *