दाङमा औलो रोगका दुई बिरामी भेटिए

52
Shares

दाङ, २५ जेठ । पश्चिम दाङको बबई गाउँपालिकाको विकट गाउँमा दुईजना औलो रोगका बिरामी फेला परेका छन् ।

राष्ट्रिय औलो रोग निवारण कार्यक्रमअन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयले बिहीबार बबई गाउँपालिका–७ को मलै गाउँमा आयोजना गरेको स्वास्थ्य परीक्षणमा दुईजना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका औलो रोग निरीक्षक कमल चन्दले जानकारी दिए ।

उनका अनुसार परीक्षणका क्रममा बबई गाउँपालिका–७ मलैलाका बलबहादुर बुढा र उहाँकी छोरी कमला बुढामा औलो रोग भेटिएको हो ।

सो क्षेत्रबाट ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण भएका बिरामी भेटिएपछि सो क्षेत्रमा विशेषज्ञसहितको टोली र हिजो उपचारका लागि त्यहाँ पुगेको हो । ५८ जनाको स्वास्थ्य परीक्षण गरेपछि दुईजनामा औलो रोग भेटिएको जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

मलै गाउँ पश्चिम दाङको निकै विकट क्षेत्र मानिन्छ । त्यहाँका नागरिक, स्वास्थ्य विकासका अन्य पूर्वधारबाट वञ्चित छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *