नेपाल स्वास्थ्यकर्मी संघको २७ औँ स्थापना दिवस आज
काठमाडौँ, २४ जेठ । नेपाल स्वास्थ्यकर्मी संघको २७ औँ स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइदैछ ।
संघका सह अध्यक्ष ओम उपाध्यायका अनुसार स्थापना दिवसको अवसर पारी आज वीर अस्पताल, भक्तपुर, सुर्खेतमा रक्तदान तथा बाँकेमा बृद्धाश्रम पुगेर फलफुल वितरण गर्ने कार्यक्रम छ ।यस्तै विभिन्न प्रदेश प्रतिष्ठानले पनि गतिविधिहरु गर्दैछन् ।
नेपाली कांग्रेस निकटका स्वास्थ्यकर्मीहरुको यो संगठनमा विसं२०४८ जेठ २४ गते भएको हो ।
तत्कालिन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको उपस्थितिमा स्थापित यो संस्थाको संस्थापक अध्यक्ष अध्यक्ष डा चोपलाल भुसाल संस्थापक महासचिव डा हरि लम्साल हुन् ।