कोशी अञ्चल अस्पताल सुधारमा महानगरपालिकाको सक्रियता

96
Shares

विराटनगर, २३ जेठ । महानगरपालिकाले कोशी अञ्चल अस्पतालको समन्वयमा अस्पताल सुधार अभियान सञ्चालन गरेको छ ।

अस्पताल प्रशासनसँगको समन्वयमा बच्चा वार्ड, फोहरमैला व्यवस्थानका साथै भौतिक संरचना सुधारका लागि तत्काल सुधार अभियान सञ्चालन गरिने भएको हो ।

महानगरले अस्पतालको आसपासको क्षेत्रमा आज पनि सरसफाइ अभियान सञ्चालन गरेको छ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले अस्पताललाई क्रमशः सुधार गरिँदै लगिने बताए।

उनले अस्पतालका सुधार गर्नुपर्ने पक्षका विषयमा योजना निर्माण गरेर महानगरमा प्रस्ताव ल्याउन अस्पताल प्रशासनलाई आग्रह गरे ।

सरसफाइ अभियान कार्यक्रममा विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहाल, कोशीअञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट रोशन पोखरेल, अस्पताल विकास समितिका प्रशासन प्रमुख नवराज लुइँटेललगायतको सहभागिता रहेको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *