कोशी अञ्चल अस्पताल सुधारमा महानगरपालिकाको सक्रियता

विराटनगर, २३ जेठ । महानगरपालिकाले कोशी अञ्चल अस्पतालको समन्वयमा अस्पताल सुधार अभियान सञ्चालन गरेको छ ।

अस्पताल प्रशासनसँगको समन्वयमा बच्चा वार्ड, फोहरमैला व्यवस्थानका साथै भौतिक संरचना सुधारका लागि तत्काल सुधार अभियान सञ्चालन गरिने भएको हो ।

महानगरले अस्पतालको आसपासको क्षेत्रमा आज पनि सरसफाइ अभियान सञ्चालन गरेको छ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले अस्पताललाई क्रमशः सुधार गरिँदै लगिने बताए।

उनले अस्पतालका सुधार गर्नुपर्ने पक्षका विषयमा योजना निर्माण गरेर महानगरमा प्रस्ताव ल्याउन अस्पताल प्रशासनलाई आग्रह गरे ।

सरसफाइ अभियान कार्यक्रममा विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहाल, कोशीअञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट रोशन पोखरेल, अस्पताल विकास समितिका प्रशासन प्रमुख नवराज लुइँटेललगायतको सहभागिता रहेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *