दमक : डा राईको उपचारमा सघाउन अभियान
दमक, २३ जेठ । एकसाता भन्दा बढी समयदेखि भारतको सिलगुढीमा उपचाररत भुटानी शरणार्थी अगुवा डा भम्पा राईको उपचारमा सहयोग जुटाउन दमक क्षेत्रका सामाजिक संघसंस्थाहरुले चासो देखाएका छन् ।
शिविरमा स्वदेशफिर्ती अभियान चलाइरहेका शरणार्थी नेता डा राईको आन्द्राको शल्यक्रिया गरिएको र थप उपचारमा सहयोग पु¥याउन यस क्षेत्रका संघसंस्थाहरुले चासोका साथ अभियान थालेका छन् ।
डा। राईको सातादशदिन अघि भारतको सिलगुढीस्थित आनन्दलोक हस्पिटलमा आन्द्राको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि उनी त्यहाँ उपचाररत छन् ।
७२ बर्षीय डाक्टर राईको उपचारमा सहयोग पु¥याउन दमक पव्लिक लाइव्रेरी, दमक जेसीज र नेपाल रेडक्रस सोसाईटी, उपशाखा दमकले संयुक्त रुपमा बैक खाता नै खोलेर अभियान थालेका हुन् ।
अभियानकर्मीहरुले राईको सहयोगमा एसवीआई बैक दमकमा २१९१५२४१४०५७५५ नं खाता खोलिएको र इच्छुक दाताहरुसंग सहयोग गरिदिन आग्रह समेत गरिएको अभियानमा संलग्न दमक जेसीजका अध्यक्ष चन्द्र खत्री दाहालले जानकारी दिए ।
डा।राईले दमकमा रहेर धेरै बिरामीहरुको स्वास्थ्य उपचार गरेर अपुरणीय गुण लगाएकाले उनको दुखको अवस्थामा सघाउन संयुक्त अभियान थालिएको अध्यक्ष खत्रीले बताए । जीवनमरणको दोसाधमा रहेका डा। राईको उपचारमा आर्थिक अभाव भएकाले उनको उपचारमा थोरै भएपनि सघाउन अभियान थालिएको पव्लिक लाइव्रेरीका अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिए ।
डा राई आफैँ बिरामी छन् भने श्रीमती उर्मिलासमेत विगत सात महिनादेखि दुवै मिर्गौला समस्याले उपचाररत छन्। उनले विर्तामोडको विर्तासिटी हस्पिटलमा डाइलाइसिस गराइरहेकी छन् । भुटानी शरणार्थी स्वदेश फिर्ती समिति ९वीआरसीसी० का अध्यक्षसमेत रहेका डा राई स्वदेश फिर्ती अभियान चलाउँदै आएका छन् । रासस