पोषणबारे जनचेतना फैलाउन ल्वाङ्गघलेलमा बक्तृत्वकला
पोखरा, २० जेठ । पोषणबारे चेतना जगाउन जिल्लाको माछापुच्छे गाँउपालिका ९ मा रहेको ल्वाङ्गघलेल स्वास्थ्य चौकीले खुल्ला बक्तृत्वकला कार्यक्रम आयोजना गरेको छ ।
गत शुक्रबार स्थानीय गौरी शंकर मनिलाल माध्यमिक विद्यालय प्राङ्गणमा भएको उक्त कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीले सहभागिता जनाएका थिए ।
“पोषिलो आहार स्वस्थजिबनको आधार” भन्ने विषयको उक्त प्रतियोगितामा कक्षा १० का दीपा अधिकारी, कक्षा ९ का अंकिता दाहाल र कक्षा १० कि कमला पौडेल क्रमश पहिलो दोस्रो र तेस्रो भएका थिए ।
विद्यालयमा रहेको बलम क्लब समितिका अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक कर्मचारी, विद्यार्थी तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।