स्वास्थ्य मन्त्री को होला ?

काठमाडौँ, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरमबीच सरकारमा सहभागी हुने गरी भएको दुई बुँदे सहमतिसंगै स्वास्थ्य मन्त्री फेरिने चर्चा चलेको छ । यद्धपी कुन पार्टीको भागमा मन्त्रालय पर्छ भन्ने बारेमा अहिलेपनि टुंगो लागिसकेको छैन ।

त्यसो त फोरम पहिले नै सरकारमा सहभागी हुने चर्चा थियो । त्यतिवेला स्वास्थ्य मन्त्रालय फोरमले पाउने भन्ने व्यापक हल्ला चलेको पनि थियो । तर अन्तिम अवस्थामा तत्कालिन एमालेले नै स्वास्थ्यको जिम्मा लियो ।  स्वास्थ्य राज्यमन्त्रीको रुपमा पद्मा अर्याललाई मन्त्रालय पठायो ।

तीन दिन अघि सरकारमा आउने गरी फोरमले सहमति गरेपछि पुन स्वास्थ्य मन्त्रालयको चर्चा चुलिएको छ । कतिपयले फोरमलाई स्वास्थ्य मन्त्रालय पाउने टुंगो लागिसकेको अनुमान समेत गरेका छन् । तर बालुवाटार स्रोतले भने अहिले पनि अन्तिम टुंगो लागि नसकेको बताएको छ । अहिले घनिभुत रुपमा छलफल भइरहेको छ । मन्त्रालय कसको भागमा पर्ने भन्ने निर्णय हुन बाँकी नै छ ।

चर्चामा राजेन्द्र श्रेष्ठ, रेणु यादव र प्रदीप ज्ञवाली

धेरैको अनुमान फोरमले स्वास्थ्य मन्त्रालय पाउने र पार्टीका सहअध्यक्ष समेत रहेका राजेन्द्र श्रेष्ठले स्वास्थ्य मन्त्रालय सम्हाल्नेछन भन्ने छ । अर्को चर्चा फोरमको महिला सांसद रेणु यादव आउछिन भन्ने पनि छ ।

तर बालुवाटारमा नेकपा नेतृत्वले परराष्ट मन्त्री रहेका प्रदीप ज्ञवालीलाई स्वास्थ्यमा लगेर उनको ठाँउमा पहिले परराष्ट मन्त्री बनिसकेका फोरम अध्यक्ष उपेन्द्र यादवलाई ल्याउने कि भन्ने बारेमा समेत छलफल चलाएको बुझिएको छ ।

फोरमले परराष्ट मन्त्रालय सहित अरु दुईवटा मन्त्रालय मागेको थियो ।

सरकारमा मात्रै नभई फोरमसंग पार्टी एकता नै गर्ने तयारीमा रहेको नेकपा नेतृत्वले फोरमको माग अनुसार परराष्ट दिने कि भन्नेमा तिब्र छलफल गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पार्टी एकताका लागि पनि फोरमले मागे अनुसार परराष्ट दिने र दुई नम्बर प्रदेशमा नेकपा नेतृत्वमा सरकार बनाउने चाहना राखेका छन् । यसैले पनि स्वास्थ्यमा ज्ञवालीको सम्भावना बढी रहेको स्रोत बताउँछ ।

तर छिन छिनमा परिवर्तन हुने राजनीति घटनाक्रमले स्वास्थ्य मन्त्री यहि नै हुन्छ भनेर भन्ने अवस्था भने छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *