दाङमा फैलिएको झाडापखाला नियन्त्रण हुँदै

48
Shares

दाङ, १६ जेठ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा गत शनिबारदेखि फैलिएको झाडापखाला नियन्त्रण हुँदैछ ।

आज चौथो दिन १५५ बिरामी उपचारका लागि आएकामा पाँच जनाको चिराघाट स्वास्थ केन्द्रमा उपचार भइरहेको, एक जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको र अन्य बिरामी उपचारपछि घर फर्किसकेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

आज उपचारका लागि आएका समेत दाङमा झाडापखालाबाट प्रभावित हुने एक हजार ६३१ पुगेका छन् । आज आएका अधिकांश बिरामी सामान्य अवस्थाका रहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

आज पनि स्थानीय माइली पानी मुहान पूर्ण रुपमा बन्द गराइएको छ । प्रभावित सबै क्षेत्रमा तुलसीपुरबाट ट्यांकरमा पानी लगेर वितरण गरिएको छ । आज तुलसीपुर अञ्चल अस्पतालमा यसअघिका पाँच र आजका एक गरी छ बिरामीको उपचार भइरहेको छ । सिटी अस्पताल तुलसीपुरमा पनि पाँच बिरामी उपचाररत छन् ।

झाडापखाला फैलनाको मुख्य कारण मुहानको पानी दूषित भएको भन्ने पुष्टि भएको छ । सो मुहानको पानीमा कोलिफर्म भन्ने जीवाणु परीक्षणका क्रममा भेटिएपछि यस्तो पुष्टि भएको हो ।

अझै पनि चिराघाट क्षेत्रमा एम्बुलेन्स तथा नेपाली सेना र औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा नै राखिएको छ । आज काठमाडाँैबाट पानी शुद्धीकरण गर्ने एक टोली पनि आएको गाउँपालिकाका अध्यक्ष कमासिंह डाँगीले जानकारी दिए । अब प्रभावित क्षेत्रमा व्यापक रुपमा जनचेतनामूलक कार्यक्रम गरिने डाँगीले जानकारी दिए। प्रभावित क्षेत्रको जनजीवन सामान्य बनेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *