मोरङ : स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकार कटिबद्ध

मोरङ, १६ जेठ । प्रदेश नंं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताए ।

सर्वसाधारणको खानपिन र जीवनशैलीमा परिवर्तन ल्याउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए । मोरङको उर्लाबारी–५ स्थित अरनिको अस्पतालको पाँचाँै वार्षिकोत्सवलाई मंगलबार सम्बोधन गर्दै मन्त्री घिमिरेले जनताको स्वास्थ्यमा सुधार ल्याउन खानपिनमा नियमन गर्न प्रदेश सरकारले तयारी थालेको बताए ।

खैनी, चुरोट र रक्सी सेवन घातक रोगको कारक रहेको बताउँदै घिमिरेले त्यसमा कसरी खाने, कहाँ खाने र कहिले खाने भनेर नियमन गरिने बताए । शारीरिक व्यायाम स्वास्थ्यको एउटा अंगका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै घिमिरेले शारीरिक व्यायाम अपरिहार्य रहेको बताए।

सोही कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको अहम् भूमिका रहने उल्लेख गर्दैै जनस्वास्थ्यको सवालमा स्थानीय तह र प्रदेश सरकारको सहयोग आवश्यक पर्ने बताए ।

अस्पतालका अध्यक्ष लोलिम पोमुको अध्यक्षतामा भएको सो कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष भरत भट्टराई, समाजसेवी जयधर्म आचार्य र टीकेन्द्र पोमुले गरीब जनताको स्वास्थ्य उपचारमा पनि अस्पतालले सहयोग पु¥याउनुपर्ने बताउएका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *