स्वास्थ्यको बजेट ५६ अर्व ४१ करोड ५७ लाख (अपडेट सहित)

काठमाडौँ, १५ जेठ । काठमाडौँ, १५ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ५६ अर्ब , ४१ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक बर्ष २०७५/७६ सालको आय व्ययको अनुमानित विवरण (बजेट) पेश गर्ने क्रममा सो उल्लेख गरेका हुन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक बर्ष २०७५/७६ सालको आय व्ययको अनुमानित विवरण (बजेट) पेश गरेका छन् ।

उनले प्रस्तुत गरेका बजेट स्वास्थ्यका विषयहरु यसप्रकार छन् ।

  • स्वास्थ्य सेवालाई सर्वसुलभ, भरपर्दो र गुुणस्तरीय तुल्याइने छ । आधारभूत स्वास्थ्यमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमाको काम मुलुक भरी विस्तार गरिनेछ ।
  • आमा र बच्चाको पोषण सुनिश्चित गर्न गर्भअवस्था देखिनै प्रसुति सेवा पुरयाइनेछ । यसका लागि गर्भवती जाँच र सुत्केरी सेवाका लागि दिइदै आएको यातायात खर्च दोब्बर गरेको छु ।
  • स्थानीय तहबाट सञ्चालन हुने बहुक्षेत्रीय पोषण कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरेको छ ।
  • स्थानीय तहसंग लागत सहभागीतामा आगामी दुई बर्ष भित्र सबै वडाहरुमा न्युनतम एक स्वास्थ्य संस्था स्थापना गरिनेछ । पहिलो चरणमा १२०० वडाहरुमा यस्ता संस्था निर्माण गर्न रु ४ अर्व अनुदान उपलव्ध गराउने व्यवस्था गरेको छु ।
  • सरकारले निशुल्क उपलव्ध गराउने औषधिहरु सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क उपलव्ध हुने व्यवस्था गरेको छु ।
  • बीर अस्पतालको गुरुयोजना अनुसारको निर्माण कार्य प्रारम्भ गरिनेछ । उच्च प्रविधि युक्त रोग निदान केन्द्रको रुपमा आधुनिक स्वास्थ्य प्रयोग शाला र मिर्गौला रोग उपचार केन्द्र काठमाडौँमा नै स्थापना गरिनेछ ।
  • तराई मधेश क्षेत्रमा विशेष गरी थारु समुदायमा देखिने सिकल सेल एनिमियाको अनुसन्धान र पहिचान गरी उपचारको लागि सेवा विस्तार गरिनेछ ।
  • सबै स्थानीय तहमा कम्तिमा एक चिकित्सकको सेवा सुनिश्चित गरिनेछ । आधारभूत औषधिहरुमा आत्मनिर्भर हुने औषधि उत्पादनको क्षमता विस्तार गर्न प्रोत्साहित गरिनेछ ।
  • एक सय सैया भन्दा बढी क्षमताका अस्पतालहरुमा विस्तारित स्वास्थ्य सेवा अनिवार्य गरिनेछ । यस्ता अस्पतालहरुमा जेष्ठ नागरिक वार्ड स्थापना गरिनेछ ।
  • निजी क्षेत्रका मेडिकल कलेजहरुको सहकार्यमा दुर्गम क्षेत्रमा विशेषज्ञ सहितको घुम्ति अस्पताल सेवा सञ्चालन गरिनेछ ।
    सातवटै क्षेत्रमा कम्तिमा एक एक वटा चिकित्साशास्त्र प्रतिष्ठान रहनेगरी थप संस्था खोल्ने प्रक्रिया अघि बढाइनेछ ।
  • स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थ्य विज्ञान सम्वन्धी एकीकृत ऐन ल्याइनेछ ।
  • ध्यान र योगको माध्यमबाट स्वास्थ्य शरीर सकारात्मक सोच र व्यक्तित्व विकास गर्न नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिनेछ ।
  • आयुर्वेदिक औषधिको अनुसन्धान र विकास गर्न विधुशी योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्न रु १० करोड विनियोजन गरेको छु
  • आयुर्वेदिक, होमियोप्याथिक युनानी अक्कुपन्चर आम्ची र प्राकृतिक चिकित्साजस्ता बैकल्पिक उपचार पद्धतिलाई एलोपेथिक उपचारसंग एकीकृत गरी स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ ।
  • सवै सार्वजनिक स्थल र सवारी साधनमा धूमपान र मदिरापान निषेध गरिएको छ ।
  • मदिरा र सूर्तिजन्य पदार्थको उत्पादन र विक्रिी वितरणलाई कार्यविधि बनाई व्यवस्थित गरिनेछ
  • मदिरा तथा सूर्तिजन्य पदार्थमा अन्तशुल्क बृद्धि गरेको छु । साथै आजैका मितिदेखि चुृरोटको उत्पादन र पैठारीमा प्रति खिल्ली पच्चिस पैसाका दरले स्वास्थ्य जोखिम कर लगाउने व्यवस्था गरेको छु ।

अपडेट क्रमश:……..

 

यस्ता थिए आर्थिक बर्ष २०७४/०७५ को बजेटले समेटेका स्वास्थ्यका कार्यक्रमहरु :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “स्वास्थ्यको बजेट ५६ अर्व ४१ करोड ५७ लाख (अपडेट सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *