अर्जुनधारामा ज्येष्ठ नागरिकलाई दीर्घरोगको उपचार निःशुल्क

झापा, १४ जेठ । सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उमेर पुगेका र्जुनधारा नगरभित्रका दीर्घरोगी ज्येष्ठ नागरिकलाई अर्जुनधारा नगरपालिकाले निःशुल्क सेवा तथा औषधि वितरण गर्न शुरु गरेको छ ।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले ज्येष्ठ नागरिक मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराईलाई उपचार कार्ड वितरण गरेर आइतबार कार्यक्रमको शुभारम्भ गरे ।

दीर्घरोगको निःशुल्क उपचारका लागि पहिलो चरणमा उच्च रक्तचाप र मधुमेहका बिरामीलाई निःशुल्क औषधि वितरण गरिने उनले बताए ।

त्यस्तै नियमित रक्तचाप जाँच र मधुमेहका बिरामीको रक्त जाँचका लागि शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्र, अर्जुनधारा स्वास्थ्य चौकी र खुदुनाबारी स्वास्थ्य चौकीलाई केन्द्र बनाएर कार्यक्रम शुरुवात गर्न लागिएको नगरप्रमुखको भनाइ छ ।

ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य जाँचको थालनी गर्न शुरुवात गरिएको यस कार्यक्रमको निरन्तरतासँगै भविष्यमा एकल महिला तथा अपांगताका समेत कार्यक्रम अघि बढाइने छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *