पाल्पा : औषधि खरिदमा ढिलासुस्ती गर्नेलाई कारबाही

80
Shares

पाल्पा, १२ जेठ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य कार्यालयका भवन निर्माणदेखि औषधि खरिद प्रक्रियामा ढिलासुस्ती गर्ने जो कोहीलाई पनि सरकारले कारबाही गर्ने बताएकी छन्।

पाल्पा व्यापार संघको प्रथम साधारणसभा तथा अधिवेशनको आज तानसेनमा उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रको ठेकेदारी प्रथाको अन्त्य गरेर सरकार अघि बढ्न चाहेको बताइन् । विदेशी औषधिका पोका बोकेर सस्तोमा पाइन्छ भन्नेहरुको दिन अब सकिएको उल्लेख गर्दै उनले ढिलासुस्तीका कारण जनताको स्वास्थ्यमा असर पर्न नहुने बताइन् ।

प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले पाल्पाका पर्यटकीय क्षेत्र रानीमहलदेखि पाल्पा दरबार ऐतिहासिक सम्पदालाई अझै संरक्षण र प्रचारप्रसार गरी पर्यटकका लागि पाल्पा नमूना बनाउन सकिने बताए ।

कार्यक्रममा नेकपाका नेता नेत्र पाण्डेय, नेपाली काँग्रेसका नेता माधव नेपाल, जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, पत्रकार मेघराज शर्मा, प्रदेशसभा सदस्य नारायण आचार्य, युवराज खनाल डा पुरन बज्रचार्य, रमा घर्ती मगरले पाल्पाका पर्यटकीय गन्तव्यको भौतिक विकास गरे पर्यटकको ओइरो लाग्ने बताए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *