ललितपुर: घट्दै प्रसूति सेवा लिने महिला

76
Shares

ललितपुर, ११ जेठ । सेवा र जनशक्ति पर्याप्त नहुँदा गोदावरी–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा प्रसूति सेवा लिन आउने महिलाको संख्या घटिरहेको छ ।

अस्पतालमा सामान्य प्रसूति सेवादेखि शल्यक्रियासम्म हुँदा मात्रै सेवाग्राही आउने निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठले बताए । अस्पतालमा अहिले सामान्यबाहेक अरु सेवा छैन ।

अस्पतालमा भवन भएपनि जटिल उपचारका लागि उपकरण छैन । नेपाल सरकारले लागू गरेको ‘आमा सुरक्षा कार्यक्रम’ लागू भएका ठाउँमा २४ घण्टे सेवा उपलब्ध हुनुपर्छ । उहाँ भन्नुहुन्छ, “जनशक्तिको कमीले गर्दा हामीले गर्न गाह्रो भएको छ ।” अस्पतालमा जम्मा सातजना मात्रै कर्मचारी रहेका छन् ।

प्रत्येक महिना १६÷१७ जनासम्म बिरामी सेवा लिन आइरहेका छन् । यो संख्या चार÷पाँच वर्ष पहिलेभन्दा कम हो । पहिले महिनामा ३५ जनासम्म महिलाले यहाँ प्रसूति सेवा लिएका थिए । सबै खालका सेवा आफूसँग नहुँदा जोखिम लिन नसकिने श्रेष्ठ बताउछन् ।

उनी भन्छन्, “भ्याकुमनै गरेर बच्चा निकाल्नु पर्दा पनि हामीसँग उपकरण छैन ।” जिल्ला अस्पतालको निर्णय भए पनि सीमितबाहेक कर्मचारी र स्रोत आइसकेको छैन ।

पहिले भएको एम्बुलेन्ससमेत सञ्चालन गर्न नसक्दा त्यसको असर सबै खालका सेवासँगै प्रसूति सेवामा समेत परेको अस्पतालले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *