दुम्कीबास बस दुर्घटनाका ३२ जना घाइतेको उपचार पुरानो मेडिकल कलेजमा

चितवन १० जेठ । आज विहान करीब २ बजे नवलपुरको दुम्कीबास सडक खण्डमा भएको बस दुर्घटनाका ३२ जना घाइतेको उपचार भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ ।

हिजो बेलुका काठमाडौँ देखि धनगडीका लागि छुटेको ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको उक्त बस राती करीब २ बजे नवलपुरको दुम्कीबास सडक खण्डमा दुर्घटनामा परेको थियो । अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई पल्टिएको दुम्कीबास प्रहरीले जनाएको छ ।

शिक्षण अस्पतालका बरिष्ठ बजार निर्देशक दुर्गा न्यौपानेले घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरुमा श्याम चौधरी मिना बोहोरा हरिकला बोहोरा कुमार खत्री किशोर गोपाल रहेका छन  । बाँकी २८ जना मध्ये १६ जनाको अवस्था सामान्य र अरु १२ जनाको अवस्था पनि खतरामुक्त रहेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *