सप्तरी: औषधि पसलमा आगलागी, लाखौंँको क्षति

8
Shares

राजविराज, ९ जेठ । सप्तरीको सुरुङ्गा नगरपालिका– २ भेडियास्थित एउटा औषधि पसलमा आज बिहान आगलागी हुँदा लाखौंँ मूल्य बराबरको क्षति भएको छ ।

स्थानीयवासी आनन्द विकले सञ्चालन गरेको औषधि पसलमा विद्युत् चुहिई आगलागी हुँदा करीब रु दश लाख मूल्य बराबरको औषधि र टिनको छानो भएको एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

त्यस्तै छिमेकी श्रवणलाल विक र हृदयनारायण चौधरीको एक एक घर जलेर नष्ट हुँदा लत्ताकपडा, खाद्यान्न, अन्नपात, भाँडावर्तन र नगद गरी रु दश लाखभन्दा बढीको क्षति भएको छ । आगो स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *